Ad imageAd image

युरोपियन मुलुक पठाइदिने भनि श्रीलंकन नागरिकलाई नेपाल ल्याइ बन्धक बनाउने ४ पाकिस्तानी पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । वैदेशिक रोजगारको लागि युरोपियन मुलुक पठाइदिने भनि श्रीलंकन नागरिकलाई नेपाल ल्याइ बन्धक बनाइ राखेको अवस्थामा सो कार्यमा संलग्न ४ जना पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरू जुबेर अम्जाद, शाहजेहान तानबिर, मलिक अब्दुल हमिद र आरिफ मसिह रहेका छन् ।

निजहरुले श्रीलंकन नागरीकहरूलाई क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाइ दिने विश्वास दिलाइ श्रीलंकाबाट नेपाल ल्याई काठमाडौँका विभिन्न स्थानहरूमा रहेका होटलमा राखी पिडितहरूको पासपोर्ट नियन्त्रणमा लिई बिभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसंग सम्पर्क गर्न नदिइ साथमा रहेको नगद समेत लिइ जबरजस्ती बन्धक बनाइ राखेको अवस्थामा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०/१२/२२ गते पीडितहरूलाई सकुशल उद्वार गर्नुका साथै उक्त कार्यमा संलग्न रहेका ४ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हो । ।

पक्राउ पछि चारैजनालाई अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
overcast clouds
26° _ 26°
76%
2 km/h
बिहि
25 °C
शुक्र
27 °C
शनि
27 °C
आइत
28 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ