भारतीय प्रधानमन्त्री मोदी ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट सम्मानित

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

थिम्पू (भूटान), चैत १० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भूटानको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट पनि सम्मानित गरिएको छ ।

सम्मानलाई भारतीय प्रधानमन्त्री मोदीले देशका एक अर्ब चालीस करोड जनताको नाममा समर्पित गरेको बताउनुभएको छ ।उहाँले भूटानमा भारतीय सहयोगमा बनेको ‘ग्याल्त्सुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड हस्पिटल’को उद्घाटन पनि गर्नुभएको छ ।

उहाँले नयाँ दिल्ली र थिम्पूबिचको सम्बन्ध निरन्तर बढ्दै जाने र यसले दुई देशका नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।“म विनम्रताका साथ ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ स्वीकार गर्छु । यो पुरस्कार प्रदान गर्नुभएकोमा म भूटानका राजाप्रति आभारी छु ।

म यसलाई भारतका १४० करोड जनताप्रति समर्पित गर्छु । मलाई यो पनि विश्वास छ कि भारत–भुटान सम्बन्ध निरन्तर बढ्दै जानेछ र हाम्रा नागरिकहरूलाई फाइदा पुग्नेछ,” प्रधानमन्त्री मोदीले एक्स (ट्विटरमा)मा पोस्ट गर्नुभएको छ ।

सम्मान प्राप्त गर्ने प्रधानमन्त्री मोदी पहिलो विदेशी विशिष्ट व्यक्ति र समग्रमा यो पुरस्कार पाउने चौथो व्यक्ति बन्नुभएको छ । स्थापित वरीयता र प्राथमिकता अनुसार, ‘अर्डर अफ द ड्रुक ग्याल्पो’लाई आजीवन उपलब्धिको लागि सजावटको रूपमा स्थापित गरिएको हो भने योे भूटानी उच्च सम्मान हो ।

प्रधानमन्त्री मोदीलाई बिदाइ गर्न भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र भुटानका प्रधानमन्त्री दाशो छिरिङ तोब्गे विमानस्थलमा पुग्नुभएको थियो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ