महिला माथी हँसिया प्रहार गर्ने भिमसेन मल्ल पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । जिल्लाको सानीभेरी गाउँपालिका ४ निवासी ३५ वर्षिया कालिका देवी मल्ललाई धारिलो हँसिया प्रहार गर्ने सोही गाउँका २२ वर्षिय भिमसेन मल्ल पक्राउ परेका छन् ।

महिला माथी हँसिया प्रहार गर्ने मल्ललाई २४ घण्टा नबित्दै जाजरकोटको रिम्नाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालिका देवीमाथी बिहिबार बेलुका स्थानीय गारछाला भन्ने स्थानमा गिट्टी कुटिरहेको बेला पछाडिबाट धारिलो हँसिया प्रहार भएको थियो ।

हँसिया प्रहारबाट कालिका देवीको दाहिने कानको पछाडिको भाग काटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ । घाईते कालिका देवीको मिसन अस्पताल चौरजहारीमा सामान्य उपचार पश्चात नर्सिङहोम नेपालगन्जमा मा उपचार भैरहेको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
49%
3 km/h
शनि
20 °C
आइत
25 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ