Ad imageAd image

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग २१ रनले पराजित भएको छ । आयरल्याण्डले दिएको दुई सय २३ रनको चुनौती नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै दुई सय एक रनमा समेटियो । नेपालका लागि लोकेश बमले शतक प्रहार गरे ।

उनले ५६ बल खेल्दै नौ चौका र आठ छक्काको मद्दतमा सर्वाधिक एक सय छ रनको योगदान दिएका हुन् । त्यसैगरी आशिफ शेखले २६ बलमा एक चौका र पाँच छक्काको सहयोगमा ४९ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । कप्तान विनोद भण्डारीले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा १६ रन जोडे ।

बसिर अहमद तीन रनमा आउट भए । बलिङतर्फ आयरल्याण्डका फिआन ह्यान्ड र म्याथ्यु हम्फ्रिजले समान तीन–तीन विकेट लिए भने म्याथु फोस्टरले दुई विकेट लिए ।

त्यस्तै थोमस मेस र ग्याभिन होएले समान एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी–२० शृङ्खला अन्तर्गतको पहिलोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय २२ रनको योगफल बनाएको थियो ।

- Advertisement -
Ad imageAd image

आयरल्याण्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै कप्तान नील रक र काडे कारमाइकलले समान ३८–३८ रन बनाए ।

स्टेफन डोहिनीले ३४, गारेथ डेलानीले अविजित ३० तथा गाभिन होयले अविजित १८ रन बनाए ।नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए । शनिबार आयरल्याण्डको ए टोली र नेपालको ए टोलीबीच दोस्रो खेल हुनेछ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
clear sky
28° _ 28°
29%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ