प्रधानमन्त्रीद्वारा जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभएको छ । नेपाल र दक्षिण कोरियाबिच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा उक्त टोलीले जुगल हिमाल आरोहण गर्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रख्यात आरोही उम होङ गिलसहितका आरोही दलका सदस्यलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभयो ।

सरकारले जुगल प्रथम (६ हजार पाँच सय ९१ मिटर) र जुगल दोस्रो (६ हजार पाँच सय १८ मिटर) अग्लो हिमाललाई गत वर्षदेखि आरोहणका लागि खुला गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आरोहण दलका सदस्यलाई सफल आरोहणको सफलताको कामना गर्नुभयो । उहाँले यस कदमले नेपाल र दक्षिण कोरियाबिचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

जुगल हिमाल आरोहणबाट पर्यटन प्रवर्द्धनमा ठुलो भूमिका खेल्ने उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल र दक्षिण कोरियाबिच सहयोगका विविध क्षेत्रमा भइरहेका प्रगतिको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक राष्ट्रसङ्घको महासभाका बेला दक्षिण कोरियाली राष्ट्रपतिसँग आफ्नो भेटवार्ता भएको र सो अवसरमा आफूलाई दक्षिण कोरिया भ्रमणको निम्तो दिनुभएको स्मरण गर्नुभयो । उहाँले दक्षिण कोरिया भ्रमणको तयारी भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेई योङ, सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटा, बाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, नेपाल पवर्तरोहण सङ्घका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पदाधिकारीलगायतको उपस्थिति थियो । रासस

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
100%
सोम
20 °C
मंगल
21 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ