Ad imageAd image

सुनसरीमा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलको अपिल

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

इनरुवा । सुनसरीका विभिन्न राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गरेको छ । शनिबार सामूहिक रुपमा अपिल जारी गर्दै आन्दोलनरत सबै पक्षलाई आफ्ना सब प्रकारका आन्दोलनका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न आग्रह गरेको हो ।

तीन दिनदेखि भइरहेको घटनाको छानविन गरी दोषिलाई कारवाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवम् सम्बन्धित सबै पक्षलाई संयमित रहन सम्पूर्ण राजनीतिक दल तथा सम्वद्ध पक्षहरुले अपिल गरेको हो ।

शनिबार नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष भगिरथ खत्वे, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष योगेन्द्र मण्डल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष गोविन्द निरौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर दाहाल, नेकपा (एमाले)का रुद्रबहादुर बस्नेतसहितले संयुक्त अपिल जारी गर्नुभएको हो ।

- Advertisement -
Ad imageAd image

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको हुँदा सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैङ्गिक जस्ता पक्षहरुको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र सङ्कल्प भएको र सोहीअनुसार राज्य सञ्चालन हुँदै आएको व्यहोरा हामी सबैमा विदितै छ भन्दै संयमित हुन आग्रह गरिएको जारी अपिलमा उल्लेख छ ।

संयुक्त अपिलमा भनिएको छ, “जिल्लाका केही स्थानमा विभिन्न किसिमका घटनाहरु घटन गई जिल्लाको समग्र शान्ति सुरक्षामा चुनौती थपिएको अवस्था छ । यसै सन्दर्भमा जिल्लाका केहि स्थानमा कर्फ्यु समेत जारी भएको व्यहोरा सम्पूर्णमा जानकारी नै छ ।

तर यस घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालहरुमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पुर्याउने किसिमका अभिव्यक्ति तथा सामग्रीहरु सामाजिक सञ्जालहरुमा पोष्ट गरेको पाइएकाले यस प्रकारका गतिविधिहरु नगर्न/नगराउन अनुरोध गरिन्छ ।”

साथै आन्दोलनरत सबै पक्षलाई आफ्ना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न छानविन गरी दोषिलाई कारवाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवम् सम्बन्धित सबै पक्षलाई संयमित रहन हामि सम्पूर्ण राजनितिक दल तथा सम्वद्ध पक्षहरु हार्दिक अपिल गर्दछौं ।”

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
overcast clouds
19° _ 19°
46%
2 km/h
मंगल
33 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ