बेथिती र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर :मन्त्री रेखा शर्मा

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिती र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौ बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले बेथिती र गलत प्रवृत्ति विरुद्ध अन्तिम समयसम्म लडिरहने बताउनुभयो ।

विशेषगरी आइटी क्षेत्रमा सीमित व्यक्तिको हालीमुहाली रहेको र त्यसलाई तोडन खोज्दा पटक–पटक मुद्दा मामिला बेहोर्नु परेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिनुभएको सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न सञ्चार मन्त्रालय र मातहतका निकायहरु जोडतोडका साथ लागिपरेको उहाँको भनाइ थियो ।

आमसञ्चारका क्षेत्रमा सञ्चार मन्त्रालयले अहिले बढीभन्दा बढी काम गरिरहेको भन्दै मन्त्री शर्माले मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले सबै प्रकारका मिडियालाई संरक्षण, नियमन गर्न सक्ने बताउनुभयो ।

“मन्त्रालयले तयार पारेका विभिन्न ऐन कानुन कार्यान्वयनमा आएपछि आमसञ्चार क्षेत्रमा आमूल परिवर्तन हुन्छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालयमा भएका कामले वर्तमान सरकारले गरेका सुशासन, र समृद्धि लक्ष्यलाई साथ पुग्दै आएको छ ।”

माओवादीले अहिलेसम्म ऊर्जापछि सबैभन्दा धेरै पटक सञ्चार मन्त्रालयको नेतृत्व लिएको भन्दै उहाँले त्यसैको परिणाम अहिले गाउँगाउँका जनता हातहातमा सञ्चारको पहुँच पु¥याउन सकिएको बताउनुभयो ।

मन्त्री शर्माले माओवादीले नेतृत्व सम्हालेका मन्त्रालयले हरेक पटक कहीँ न कहीँ नेपाली जनताले परिवर्तनको महसुस गर्न पाएको उल्लेख गर्नुभयो । बैठकलाई नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटालगायतले सम्बोधन गर्नुहुनेछ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
100%
2 km/h
शनि
14 °C
आइत
20 °C
सोम
20 °C
मंगल
22 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ