उपनिर्वाचन: आज उम्मेदवारको नामावली प्रकाशन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते आज बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने समय तोकेको छ ।

यद्यपि उम्मेदवारमाथि उजुरी नपरेको आयोगको भनाई छ । यस्तै, आयोगले उम्मेदवारलाई भोली मंगलबार ९२७ गते० बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ ।

आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ ९१० प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ ९१०मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
haze
17° _ 17°
55%
बिहि
26 °C
शुक्र
26 °C
शनि
13 °C
आइत
19 °C
सोम
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ