पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् ।शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले राससलाई जानकारी दिनुभयो । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् । धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताउनुभयो । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिनुभयो । उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ । धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु,अर्का नेपाली युवा बेपत्ता

प्रतिक्रिया
ट्रेन्डिङ
नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
सिड्नी, अष्ट्रेलिया । कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वभरका युवा उद्यमीहरू नयाँ अवसरको खोजीमा…
राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु
काठमाडौं । नेपालको आधुनिक इतिहासलाई पूरै नयाँ र अप्रत्याशित मोडमा पु¥याउने गरी भएको बीभत्स ‘नारायणहिटी…
साहित्य मन थाइल्याण्डको ‘आदर्श दिव्य दर्पण’को १८औं शृङ्खला सम्पन्न
बैंकक- विश्व आमाबुबा दिवसको अवसरमा साहित्य मन थाइल्याण्डले आफ्नो चर्चित अनलाइन साहित्यिक कार्यक्रम 'आदर्श दिव्य…
कविता: एक्लोपनको लामो रात
रातहरू अबघडीले होइन,यादहरूले गन्न थाल्योसेकेन्ड सेकेन्डमाकुनै पुरानो आवाजमनभित्र ठोक्किन्छ।झ्यालबाहिर शहर बाँचिरहेको छ,बत्तीहरू झिलिमिली छन्,तर मेरो…

