काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरूमा भोली (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोली (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ ।

विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर (तार) ले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ ।

बिजुली कटौती हुने क्षेत्रहरूमा सीता पाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचगु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योती एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गे धारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) रहेका छन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ