Ad imageAd image

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। उहाँको १५ महिनाको कार्यावधिमा यो चौथो पटक विश्वासको मत लिँदै हुनुहुन्छ।

विश्वासको मतका लागि दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक आह्वान गर्नुभएको छ। प्रदेश सभामा १०७ प्रदेश सभा सदस्य छन् । बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक छ ।

दश राजनीतिक दलको प्रतिनिधित्व रहेको मधेश प्रदेश सभामा सबैभन्दा ठुलो दल नेकपा एमाले २५, नेपाली काँग्रेस २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नौ, नेकपा माओवादी केन्द्र नौ, नेकपा एकीकृत समाजवादी पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी एक–एक प्रदेश सांसद छन् ।

- Advertisement -
Ad imageAd image

अहिलेको सत्ता गठबन्धनको आधारमा मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन सहज छ । उहाँसँग स्पष्ट बहुमत छ । सत्ता गठबन्धनअनुसार एमाले २५, जसपा १९, नेकपा माओवादी नौ, नेकपा एस, सात गरी ६० जनाको समर्थन देखिएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
42%
4 km/h
मंगल
29 °C
बुध
30 °C
बिहि
29 °C
शुक्र
21 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ