मोरङ कारागारमा कैदीको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार थापालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

खाना खाएर बसेका बेला मंगलबार बिहान ११ः४५ बजेतिर अचानक बेहोस भएर थापा ढलेका थिए । मृतक थापालाई मुटु रोग सम्बन्धी पुरानै समस्या रहेको उनले बताए ।

यसअघि पनि उपचारका लागि बारम्बार अस्पताल लैजाने गरिएको र थापाले नियमित औषधि सेवन गरिहरको प्रहरीको भनाई । थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते दोषी ठहर गरेको हो । अदालतले उनलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
40%
1 km/h
शुक्र
24 °C
शनि
30 °C
आइत
31 °C
सोम
32 °C
मंगल
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ