कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले आन्दोलनमा जानेगरी कार्यक्रम प्रस्ताव गरेको छ ।

सो अनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्नेछ ।

यस्तै गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ ।

त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ । बैठकपछि कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ