स्थानीय वायुको प्रभावले ६ प्रदेशमा वर्षा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । स्थानीय वायुको प्रभावका कारण अहिले छ प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार प्री मनसुनको समय भएको र स्थानीय वायुको प्रभावले बेलुकापख यी प्रदेशमा हल्का वर्षा भएको हो ।

उहाँले भन्नुभयो, “स्थानीय वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेश बाहेकका अन्य प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । यो क्रम केही बेरमा नै रोकिने छ ।”

उहाँका अनुसार ठूलो पानी पर्ने सम्भावना भने छैन । आइतबार पनि देशैभरको मौसम आंशिकदेखि सामान्यतया बदली नै रहने मौसमविद् पुडासैनी बताउनुहुन्छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
49%
3 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ