लोकसभा निर्वाचन:५७.७ प्रतिशत मतदान

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

नयाँदिल्ली । लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूका लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको. छ ।

पश्चिम बङ्गालमा सबैभन्दा बढी ७७.९९ प्रतिशत, झारखण्डमा ६१.४१ प्रतिशत, उत्तर प्रदेशमा ५२.०२ प्रतिशत, ओडिशामा ५९.६० प्रतिशत, जम्मू कश्मीरमा ५१.३५ प्रतिशत , बिहारमा ५२.२४ प्रतिशत, हरियाणामा ५५.९३ प्रतिशत, र दिल्लीमा ५३.७३ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको आयोगले जनाएको छ ।

लोकसभा निर्वाचनको छैठौँ चरणमा बिहारका आठ सिट, हरियाणाका सबै १० सिट, जम्मू कश्मीरको एक सिट, झारखण्डका चार, दिल्लीका सबै सात सिट, ओडिशाका छ सिट, उत्तर प्रदेशका १४ र पश्चिम बङ्गालका आठ सिट समावेश छन् ।

निर्वाचनमा कुल ८८९ उम्मेदवार मैदानमा छन् ।आम निर्वाचनको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका लागि चारसय २८ संसदीय क्षेत्रहरूमा मतदान पूरा भइसकेको छ ।छैठौँ चरणमा सम्पन्न निर्वाचनमा मतदानका लागि योग्य ११ करोड १३ लाखभन्दा बढी मतदातामध्ये पाँच करोड ८४ लाख पुरुष, पाँच करोड २९ लाख महिला र पाँच हजार १२० जना तेस्रो लिङ्गी मतदाताहरू रहेका थिए ।

यस चरणको निर्वाचन सञ्चालन गर्न करिब ११ लाख ४० हजार मतदान अधिकृतहरू खटाइएका थिए । लोकसभा निर्वाचनको सातौं चरणको मतदान जुन १ मा पूरा हुनेछ । जसमा थप ५७ निर्वाचन क्षेत्रका मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको नतिजा जुन ४ पछि घोषणा हुने बताइएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
72%
2 km/h
बिहि
23 °C
शुक्र
26 °C
शनि
21 °C
आइत
23 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ