दाङ । दाङको पर्यटकीय स्थल पुरन्धरामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – बनहरीका ३० वर्षीय दीपक न्यौपानेको शनिबार बेलुकी साढे ४ बजेतिर बबई गाउँपालिका – ५ स्थित पुरन्धरा छहरामा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले जानकारी दिनुभयो । पुरन्धरा छहरामा दश जना साथीहरूसँग दीपक नुहाउन गएका थिए । नुहाउने क्रममा उनको छहरामा मृत्यु भएको थियो ।
थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सागर ज्ञवाली निर्वाचित
कोसामोइ (थाइल्याण्ड): थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन तथा नवनिर्वाचन सभा २२ फेब्रुअरी २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट सागर ज्ञवाली अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनी सन् २०२६…

