दार्चुलामा जिप दुर्घटना: १ जनाको घटनास्थलमै मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा १ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

लेकमकै लवदेव बोहराको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज बिहान धनगढी जाँदै गर्दा बुडर नजिक दुर्घटना भएको हो ।

जिप दुर्घटना हुँदा घटनास्थलमै ज्यान गुमाएका एक जनाको परिचय खुल्न बाँकी छ । चालकसहित ८ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जय कुमार मल्लका अनुसार घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय चालक वासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिस पार्की, निजकी श्रीमती २६ वर्षीया भावना ओड पार्की र निजकै छोरी ३ वर्षीया रीतिका पार्की रहेका छन् ।

यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी ६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका ४ की ६० वर्षीया मानमति धामी घाइते रहेका छन् ।

घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ । बिहान ५ बजे घाइतेहरूको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाइएको उहाँले बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
drizzle
15° _ 15°
100%
आइत
22 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ