उपत्यकालाई सांस्कृतिक शहर घोषणा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद परियारको माग

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उहाँले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको हो ।मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक शहर, सांस्कृतिक शहर, आर्थिक शहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाइ थियो ।

उहाँले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताउनुभयो ।‘‘सङ्घीयता कार्यान्वयनका विषयमा पनि धेरै काम गर्न बाँकी छ । नागरिक अधिकार, मानव अधिकार र सास्कृतिक अधिकारहरु बचाउन र त्यो अधिकारलाई सुनिश्चित गर्न पनि हामीले धेरै कुरा गर्न बाँकि छ ।

बजेटमा संस्कृतिलाई सम्बर्द्धन गर्ने कुरा गरिएको छ । मलाई लाग्छ–सकिन्छ भने काठमाडौँ, ललितपुर र भक्तपुरको यो उपत्यकाको तीन वटै सहरलाई अथवा काठमाडौँ उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गरौं ।,’’ प्रमुख सचेतक परियारले भन्नुभयो, ‘‘र सांस्कृतिक सहरको रुपमा यसलाई विकास गरौं । किनभने शहरहरु विभिन्न किसिमका हुन्छन् ।

अब हामीले आधुनिक विकासमा जाने हो भने शहरहरुलाई शैक्षिक सहर, सांस्कृतिक शहर, विकसित शहर, आर्थिक सहरको रुपमा पनि घोषणा गर्नुपर्छ भन्ने मलाई लाग्छ । लामो सङ्घर्षबाट प्राप्त गरेको राजनीतिक व्यवस्था जसरी हामीसँग छ ।

त्यो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि अव हामीले विशेष गरी अर्थमा अर्थनीतिमा काम गर्नुपर्छ भन्ने लाग्छ ।’’प्रमुख सचेतक परियारले सरकारले सङ्घीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको पनि बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
65%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ