एमाले सुनसरी अध्यक्षको भारतमा निधन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

विराटनगर । उपचारका लागि भारत लैजाने क्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ ।

आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो । थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।नेकपा एमाले सुनसरीका युवा नेता रवि खनालका अनुसार उपचारका लागि जाने क्रममा मृत्यु भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

उनलाई मंगलबार भारत लगिएको थियो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा उनले खेमराज पोखरेललाई अध्यक्षमा पराजित गरेका थिए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
77%
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ