पश्चिम जर्मनी : सार्वजनिक कार्यक्रममा छुरा प्रहार हुँदा तीन जनाको मृत्यु, नौ घाइते

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । पश्चिम जर्मनीको सोलिङ्गेनमा शुक्रबार राति भएको एक कार्यक्रममा छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

जसमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ । बीबीसीका अनुसार सोलिङ्गेन सहरले आफ्नो स्थापनाको ६५० वर्षगाठ मनाउँदै थियो ।

सोलिङ्गेन सहरका मेयरले आक्रमण फ्रानहोफ स्क्वायरमा भएको बताए । कार्यक्रममा करिब १० हजार मानिसहरुको सहभागिता रहेको थियो । लाइभ ब्यान्ड चलिरहेका बेला एक व्यक्तिले भीडमा रहेका मानिसहरूलाई राति १० बजे आक्रमण गरेका थिए ।

सोलिङ्गेनको जनसंख्या १ लाख ५९ हजार छ । यो जर्मनीको सबैभन्दा बढी आवादी भएको राज्य उत्तर राइन–वेस्टफालिया राज्यमा छ ।

घाइतेलाई अस्पताल लैजानेसँगै प्रहरीले ३ दिनसम्म चल्ने कार्यक्रम पनि रद्द गरेको छ । यससँगै प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्र खाली गर्न आग्रह गरेको छ । प्रहरीले अपरिचित आक्रमणकारीको खोजी कार्य सुरु गरेको छ । यसका लागि ४० वटा सवारी साधन परिचालन गरिएको छ । प्रहरीले हेलिकप्टरबाट पनि उनको खोजी गरिरहेको छ । नजिकैको सिसिटिभी फुटेज जाँच भइरहेको छ ।

जर्मन प्रहरीले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा चक्कु प्रयोग भएको पुष्टि गरेको छ। प्रहरीले अहिलेसम्म आक्रमणकारीको बारेमा निकै कम जानकारी रहेको बताएको छ ।

तर, छुरा प्रहारको घटना एक्लो आक्रमणकारीले गराएको उनीहरुको अनुमान छ । जर्मन मिडियाका अनुसार आक्रमणकारीले मानिसहरुको घाँटीमा चक्कु प्रहार गरेको छ जसका कारण घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
2 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ