Ad imageAd image

साहित्य मन थाइल्याण्डको ‘आदर्श दिव्य दर्पण’ २४औं शृङ्खला सम्पन्न: भाषा, साहित्य र संस्कृतिको जगेर्नामा जोड

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक – जनैपूर्णिमाको पवित्र अवसर पारेर ‘साहित्य मन थाइल्याण्ड’ ले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २४औं संस्करण भव्यताका साथ सम्पन्न गरेको छ।

अगस्ट २६ तारिख बुधबारका दिन आयोजित उक्त कार्यक्रममा ‘हाम्रो साहित्य र हाम्रो संस्कृति’ शीर्षकमा विशेष केन्द्रित रही संस्कृति र साहित्यप्रतिको झुकावलाई भाषिक सङ्गमको रूपमा गहिरो विश्लेषण गरिएको थियो। साहित्य मन थाइल्याण्डको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच छुट्टै उत्साह र साहित्यिक चेतना जगाएको छ।

प्रमुख अतिथिबाट सांस्कृतिक महत्त्वमाथि प्रकाश

कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुँदै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. भरतकुमार भट्टराईले जनै, धागो र क्वाँटी खाने दिनको विशेष सांस्कृतिक तथा धार्मिक पाटोबारे सूक्ष्म रूपमा प्रकाश पार्नुभयो। उहाँले संस्कृति र भाषाको धागोले बाँधिएका सम्पूर्ण नेपाली समुदायले जुनसुकै ठाउँमा बसे पनि आफ्नो भाषा, चाडपर्व, रितिरिवाज, परम्परा र भेषभूषाको संरक्षण गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो। साथै, एकल पुस्तक प्रकाशन सम्भव नभए पनि सामूहिक पुस्तक भए पनि प्रकाशनमा ल्याउन प्रवासका स्रष्टाहरूलाई विशेष प्रेरणा दिनुभयो।

बर्मा र थाइल्याण्डको साहित्यिक सम्बन्धमा चर्चा

त्यसैगरी, भारतको मणिपुरबाट मृदुभाषी सामाजिक अभियान्ता, लेखक तथा साहित्यप्रेमी भवानी अधिकारीले म्यानमार (बर्मा) को साहित्यको उदाहरण दिँदै म्यानमारको साहित्य अध्ययन गरेको अनुभव साट्नुभयो। उहाँले आफ्नो पुस्तकालयमा आसाम, दार्जिलिङ, म्यानमार र सिक्किमका पुस्तकहरू भए पनि थाइल्याण्डबाट भने अहिलेसम्म त्यस्तो कृति हात नपरेको जानकारी दिनुभयो। थाइल्याण्डमा पनि नेपाली भाषालाई माया गर्ने स्रष्टाहरूले बर्माका नेपालीभाषी झैं यसलाई स्थापित र जगेर्ना गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्तामा नेपाली भाषाको बोध र विकास गराउन प्रेरणादायी हौसला प्रदान गर्नुभयो।

- Advertisement -
Ad imageAd image

कविता र गजल वाचनले गुञ्जियो साहित्यिक माहोल

कार्यक्रमको साहित्यिक माहोललाई अझ जीवन्त बनाउँदै साहित्यप्रेमी राज पौड्यालले ‘भुक्ने कुकुर’ शीर्षकको कविता, भीम खनालले दुई सुन्दर गजल र दीपा रानाले ‘धागो’ कविता वाचन गरेर उपस्थित दर्शक तथा स्रोताहरूलाई मन्त्रमुग्ध पार्नुभएको थियो।

साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन र सहजीकरण दीपा रानाले गर्नुभएको थियो। प्रवासको व्यस्तताका बाबजुद पनि नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै कोसेढुङ्गा साबित हुँदै आएका छन्।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
moderate rain
28° _ 28°
65%
2 km/h
शुक्र
29 °C
शनि
28 °C
आइत
22 °C
सोम
25 °C
मंगल
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ