Ad imageAd image

सुदुरपश्चिममा आज गौरा पर्व मनाइदै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं : सुदूरपश्चिममा सोमबार गौरा पर्व मनाइँदैछ। भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई गौरा पूजन गर्ने चलन छ। 

यसअघि आइतबार बेलुकी धान, सामा, कुशलगायतका बोटबिरुवाबाट बनाइएको गौरा भगवतीको प्रतिमा धार्मिक अनुष्ठानका साथ गौराघर तथा मन्दिरमा भित्र्याइएको थियो।

बेलुकीदेखि ब्रत बसेका विवाहित महिला गौरा पूजन गर्ने ठाउँमा गई घाँटीमा लगाएको धागो अर्थात् दुबधागो गौरालाई चढाउने र नयाँ धागो लगाउने गर्छन्। भाद्र शुक्ल पञ्चमीका दिन भिजाइएको मास, गहत, गहुँ, केराउ, गुराउँस गरी पाँच प्रकारका गेडागेडी अर्थात् पञ्चबिरुडाले गौरा महेश्वर अर्थात् शिव पार्वतीको पूजा गर्ने, तथा पूजा सकिसकेपछि आशीर्वादसहित सबैलाई बाँड्ने चलन छ।

व्रतालुले बिरुडा बाँडेर ठूलाबडाको आशिर्वाद लिने, ब्रत बसेकालाई प्रसादका रूपमा बिरुडा दिने र खाने चलन रहेको छ। भोलिपल्ट गौरा सेलाएपछि गौरा पर्व समाप्त हुन्छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथन अनुसार गौरी अर्थात पार्वतीको पूजा आराधना गरिने भएकाले यो पर्वको नाम गौरा रहेको विश्वास छ।

- Advertisement -
Ad imageAd image

गौरा पर्वसँगै देउडा खेल्ने पनि सुदूरपश्चिमवासीको चलन छ।

सेयर: 14
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
100%
2 km/h
बिहि
31 °C
शुक्र
32 °C
शनि
32 °C
आइत
30 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ