दुई स्पेनिस पर्यटक बेपत्ता

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका हुन् ।

उनीहरु भुरूङ्ग्दी खोलाको पुल मुनि रहेको पुरानो बाटोबाट हिड्दा खोलाले बगाएको हुन सक्ने आकलन गरिएको गाउँपालिका प्रवक्ता भरतराम गुरुङले जानकारी दिए ।

आइतबार मात्रै बिरेठाँटीस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरी लागेको उक्त युगल जोडीको सोमबार दिनभर खोजि गरिएको भएपनि फेला बताइएको छ ।

उनीहरुको खोजीका लागि मंगलाबार गोताखोर परिचालन गर्ने तयारी भएको बताइएको छ ।

मंगलबार गोताखोरसहितको टोलीले खोलामा खोजी गर्नेछ । पर्यटक हराएको जानकारी दूतावासलाई गराइएको प्रवक्ता गुरुङले बताए ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
haze
17° _ 17°
67%
3 km/h
शनि
15 °C
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ