खेलकुद परिषद् ६१ वर्षमा प्रवेश

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को ६१ औं वार्षिक उत्सव मनाइएको छ । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दीप प्रज्वलन गर्दै ६१ औं वार्षिक उत्सव मनाइएको हो ।

दीप प्रज्वलन गर्दै घिसिङले खेलकुदलाई नयाँ उचाईमा पुर्याउनुपर्ने चुनौती रहेको बताए । सबै खेलकुदकर्मीहरुलाई शुभकामना दिँदै उनले बार्षिक उत्सवको मूल समारोह केही दिनपछि हुने जानकारी दिए ।

पहिलो पटक खेलकुद ऐन जारी भएको दिन भदौं १३ गते परिषद्ले आफ्नो स्थापना दिवस मनाउदै आएको छ । मुल समारोह कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल संघ र सहयोगी सस्थाहरुलाई सम्मान गर्दै आएको छ । २०२१ भदौं १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो । २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना मान्दै आएको छ ।

यस्तै वल्र्ड सेपाताक्रो च्यापियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विदाई गरेको छ ।

सोपाताक्रो एशोसिएसन थाईल्याण्डको आयोजनामा आईएसटीएएफ वल्ड सेपाताक्रो च्याम्पियनशिप तथा ३७ औ थाइकिङ कपमा सहभागी हुने १३ सदस्यीय टोलीलाई परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरेका हुन् ।

भदौं १६ गते देखि २३ गते(सेप्टेम्वर १ देखि ८, २०२४) सम्म हुने च्याम्पियनशिपमा टिम क्याप्टेनमा रोशन तामाङ, खेलाडीहरु दिपेशजंग थापा, पदम् बहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ, उमेश बहादुर महतो, चन्द्र चौधरी  र सुमित्रा डंगोल सहभागी हुँदैछन् । यस्तै टीम नेशिर मास्के आईटीओ, जीतेन्द्र थापामगर टिम म्यानेजर, महेन्द्र राई र श्याम बहादुर श्रेष्ठ प्रशिक्षक तथा सोम माया थापा मगर रेफ्रीका रुपमा सहभागी हुने छन् । 

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
64%
2 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
27 °C
आइत
27 °C
सोम
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ