सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र योगदान रकम बृद्धि

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकम वृद्धि भएको छ । सूचीकृत योगदानकर्ताको संख्या पनि बढेको कोषको तथ्यांकले देखाउँछ ।

कोषको खातामा योगदान रकमबापत ६३ अर्ब ५६ करोड १८ लाख रुपैयाँ संकलन भएको छ भने १५ लाख ८६ हजार पाँच सय ५५ जना योगदानकर्ता कोषमा सूचीकृत भएको देखिन्छ ।

पछिल्लो तीन सातामा छ अर्ब ३७ लाख रुपैयाँ योगदान रकम थपिएपछि योगदान रकम बृद्धि भएको कोषको वेभसाइटमा उल्लेख भएको तथ्यांकले देखाउँछ ।

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुन पुगेको हो ।

कोषमा सूचीकृत रोजगारदाताको संख्या १९ हजार चार सय ९० छ । कोषले हालसम्म १० अर्ब ५९ करोड ४१ लाख रुपैयाँँ दाबी भुक्तानी गरेको जनाएको छ । कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ ।

औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोषमा रकम र आवद्धता बढेको पाइएको हो । 

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
94%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ