काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको हुनाले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
जसको कारण हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्य बदली रहेको छ । बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो भने देशभर मौसम सामान्य रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली लगायत अन्य प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
आज राति देशभर आंशिक बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली लगायत अन्य प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।