प्रधानमन्त्री ओलीलाई डा.भट्टराईको १९ बुँदे मागपत्र

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल समाजवादी पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र पेस गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री कार्यलयमा उनले विस्तृत शान्तिसम्झौता र नेपालको संविधानको मर्म र भावनाअनुसार बृहत्तर राष्ट्रिय सहमतिका आधारमा शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन अनुरोध गरेका हुन् ।

पार्टीले प्रतिष्ठित, सक्षम र सर्वस्वीकार्य व्यक्तिहरूको नेतृत्वमा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग यथाशीघ्र गठन गर्न माग गरेको छ । यसैगरी दुवै आयोगमा सशस्त्र द्वन्द्वबाट पीडित परिवारको प्रतिनिधित्व गराउने व्यवस्था गर्न माग गरेको छ ।

बेपत्ता परिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा परिपूरणलाई अधिकारको रुपमा राखिए पनि कस्तो प्रकृतिको घटनामा पीडित भएका व्यक्तिहरूलाई केकति परिपूरण दिने भन्ने बारेमा स्पष्ट रूपमा पीडितमैत्री ढंगले किटान गरी आवश्यक नियमावली, कार्यविधि र निर्देशिका बनाउन पार्टीले जोड दिएको छ ।

बेपत्ता पारिएका नागरिकहरूको अवस्था बारेमा सत्यतथ्य पत्ता लगाई उनीहरूको यथार्थ विवरण तिनका परिवारहरूलाई यथाशीघ्र जानकारी गराई उनीहरूको अवस्था सार्वजनिक गर्न र परिपूरणको अधिकार सुनिश्चित गर्दा सम्बन्धित पक्षको अवस्था र औचित्यका आधारमा जीविकोपार्जनका लागि के कुरा आवश्यक छ, सो कुरालाई वस्तुगत रूपमा मध्यनजर गरी स्पष्ट ढंगले नियमावलीमा तोकिनुपर्नेमा समाजवादी पार्टीले जोड दिएको छ ।

यसैगरी सहिद परिवारहरू र द्वन्द्वका बेला घाइते, अपांग र अंगभंग भएका व्यक्तिहरूलाई जुनसुकै तहको उपचारका लागि राज्यले औषधि उपचारको निःशुल्क व्यवस्था गर्नुपर्ने माग पार्टीले रोखेको छ ।

मागपत्रमा पार्टीका संयोजक डा. बाबुराम भट्टराई र सहिद, बेपत्ता परिवार, घाइते अपांग एवम् द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभागका प्रमुख राजु नेपालीले हस्तक्षार गरेका छन् ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
2 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ