पत्रकार श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

भक्तपुर । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको  ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।  स्व. गौतमको दोस्रो स्मृृति दिवस असोज २ गते बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुने श्रेष्ठ विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको राशी एक लाख रुपियाँकाे छ ।  श्रेष्ठले पुरस्कारबापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीको उपचारका लागि समर्पित गरेका छन् । करेन्ट पब्लिकेशनले पनि थप ५० हजार रकम दियालीको उपचारका दिने घोषणा प्रालिका प्रबन्ध निर्देशक किरण गौतमले घोषणा गरे । कार्यक्रममा अरु दुई प्रतिष्ठित व्यक्तित्व गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई पनि प्रालि.का अध्यक्ष प्रदीपा गौतमले प्रशंसापत्र प्रदान गरिन ।   गेहेन्द्रमान अमात्य नेपाली छापा प्रकाशनको इतिहासमा जिन्क ब्लक बनाउने व्यक्ति का रुपमा परिचित छन् ।  यस्तै, रघु घिमिरेले नेपाली पत्रकारितामा अतुलनीय योगदान दिएकोमा सम्मानित भए । प्रशंसापत्रका साथमा उनीहरुले जनही ५० हजार रुपियाँ प्राप्त गरे ।  

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ