Ad imageAd image

माल्दिभ्स पुगेर नेपाली चेलीले जिते काभा भलिबलको उपाधि

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपको उपाधि उचालेको छ।  पुलिस क्लब पहिलो सहभागितामा नै अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो।  शनिबार राति मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भीसीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि उचालेको हो। 

पुलिस क्लबले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले सहजै आफ्नो पक्षमा पार्यो।  यसअघि लिग चरणमा भएको पहिलो खेलमा हुमोलाई सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले च्याम्पियनसिपको यात्रा सुरु गरेको हो।  पुलिस क्लबले नेपालको लिग विजेताका रुपमा च्याम्पियनसिपमा भाग लिएको थियो। 

च्याम्पियनसिपका लागि पुलिस क्लबले राष्ट्रिय टोली तथा एपीएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यू डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो।

- Advertisement -
Ad imageAd image
सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
70%
1 km/h
बुध
23 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ