राप्रपाले काम कस्तो गर्छ भन्ने हल्दीबारीमा गएर हेर्नुहोला : अध्यक्ष लिङ्देन

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी मिलेर देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई बन्धकबाट मुक्त पार्न पनि अब नेपाली जनताले नयाँ विकल्प खोज्ने बेला आएको बताए ।

उनले भने, ‘कांग्रेस, एमाले र माओवादीले देशलाई बन्धक बनाएका छन् ।  बन्धकबाट मुक्त पार्न पनि अब नेपाली जनताले नयाँ विकल्प खोज्नेबेला आएको छ त्यसकारण एकचोटी मन र मत परिवर्तन गरौं, राप्रपाले यो देशमा आफूलाई नयाँ विकल्पको साथ आफूलाई अगाडि उभ्याएको छ । प्रष्ट दृष्टिकोणका साथ आफूलाई उभ्याएको छ । मतदान गरेर देश बचाउने र बनाउने अभियानमा सहयोग गर्नुहोस् भन्ने म अपिल गर्न चाहन्छु ।

उनले कीर्तिपुरमा जितेर त्यहीबाट नै राप्रपाले कस्तो देश बनाउन खोजेको रहेछ भन्ने कुराको सन्देश दिन खोजेको बताए । भ्रष्टाचारको ढाकछोप गर्नका लागि कांग्रेस एमाले जस्तो पार्टीहरु मिलेर सरकार बनाएको उनको भनाई छ ।

उनले भने,‘हामीले जितेर यही कीर्तिपुर बनाएर राप्रपाले कस्तो देश बनाउन खोजेको रहेछ भन्ने कुराको सन्देश दिन खोजेको छ । मेरो झापाको हल्दिबारी गाउँपालिका हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले भन्दामात्र रहेछ कि मौका पाए गर्दो पनि रहेछ भन्ने कुरा मेरो गाउँपालिकामा गएर हेर्नुहोला । भ्रष्टाचारको ढाकछोप गर्नका लागि कांग्रेस एमाले जस्तो पार्टीहरु मिलेर सरकार बनाइरहेका छन् । त्यो सबलाई पछि पार्न एक पटक हामीलाई सहयोग गर्नुहोस् ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
4 km/h
बुध
14 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ