Ad imageAd image

दुर्घटनामा परि वडाध्यक्षसहित पाँच जनाको मृत्यु

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं : रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भएको फोर्स गाडी दुर्घटनामा परी वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना१ज ७१२३ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले  जानकारी दिए। दुर्घटनास्थल दुर्गम र विकट क्षेत्र भएकाले उद्धारका लागि कठिनाइ भएको र घाइतेहरूलाई उपचारका लागि हस्पिटल पठाउने काम भइरहेको पनि उनले बताए।

उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा चालक हिराबहादुर कार्कीसमेत छन्। अन्य मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप विवरण प्राप्त हुने क्रम जारी छ।

वडाध्यक्ष बस्नेत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर चुनाव जितेका थिए।

- Advertisement -
Ad imageAd image
सेयर: 29
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
68%
1 km/h
बुध
25 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ