मन्थली नगरपालिकाको ६ महिनाको खर्च २८ प्रतिशत

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रामेछाप । मन्थली नगरपालिकाले यस आर्थिक वर्षको पहिलो ६ महिनामा २८ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

शुक्रबार सम्पन्न सो नगरपालिकाको विधान अधिवेशन एवं १६ औँ नगर सभामा नगरप्रमुख  लब श्रेष्ठले १ अर्ब १ करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेटमा सो प्रगति भएको जानकारी दिएका हुन् ।  

नगरपालिकाको बजेटको चालु तर्फको खर्च ३६.६५ प्रतिशत रहेको छ भने पूँजीगत तर्फको खर्च ९ प्रतिशत रहेको छ । 

नगरपालिकाले यो वर्ष तीन करोड ८५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको ४७.८४ प्रतिशत अर्थात् १ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस आर्थिक वर्षमा नगरका कूल ३ सय ७१ वटा योजना रहेकामा हालसम्म १ सय ४१ वटा योजना सम्झौता भएका श्रेष्ठले जानकारी दिए । ती मध्ये ३३ वटा योजनाको कार्यसम्पन्न भई भुक्तानी समेत लिएका छन् ।

सभाले नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक ईश्वरी बस्नेतले प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन स्वीकृत गरेको छ । त्यस्तै सभाले विनियोजन विधेयक २०८१ तथा आर्थिक ऐन २०८१ को संशोधन प्रस्ताव पास गरेको छ ।

यसै गरी मन्थली नगर अस्पताल व्यवस्थापन र सञ्चालन विधेयक, मन्थली नगरपालिकाको कर तथा गैरकर विधेयक माथि पनि दफावार छलफल भएको छ । मन्थली–भुत्याहाखोला–कठजोर–धोबी सडकलाई नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको नामबाट कृष्णलाल अधिकारी लोकमार्ग नामाकरण गर्ने निर्णय पनि बैठकले गरेको छ । कृष्णलाल अधिकारीको जन्म रामेछापकै कठजोरमा भएको थियो ।

सभामा नगरपालिकाका विभिन्न वडा कार्यालय भवन तथा स्वास्थ्य संस्था भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने जग्गा दाताहरूलाई सम्मान समेत गरिएको थियो ।

सभामा बोल्दै नगरपालिका प्रमुख लब श्रेष्ठले सकारात्मक कामलाई सकारात्मक सुझाव दिन र सुधार गर्नुपर्ने काममा खबरदारी र रचनात्मक सुझाव दिन आग्रह गरे ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ