फाइनलमा नेपाललाई हराउदै म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार बेहोरेको छ । दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यान्मारसँग २-० गोल अन्तरले पराजित भएको हो ।

फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यान्मारले २-० को नतिजा निकालेको हो । म्यान्मारका लागि यू पीर खैंगले गोल गरेकी थिइन् भने अर्को गोल नेपालकी गीता रानाले आत्मघाती गोल गरेकी थिइन् ।

योसँगै नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोरेको हो ।

यसअघि १२ फाइनलमा हार्दा नेपालले साफ च्याम्पियसिपको छ वटा फाइनलमा उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पटकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।

नेपाल साफ च्याम्पियनसिपमा ६ पटक २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा फाइनल खेलेको थियो भने साग गेम्समा ३ पटक २०१०, २०१६ र २०१९मा फाइनल खेलेको थियो । त्यस्तै नाडेज्दा कप २०१९ मा फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको थियो भने हिरो वुमन्स गोल्डकपको फाइनलमा २०१९ मा म्यान्मारसँग पराजित भएको थियो । त्यस्तै वाफ वुमन्सको फाइनलमा २०२४ मा जोर्डनसँग पराजित भएको थियो भने यस पटक इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा म्यान्मारसँग पराजित भएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
mist
16° _ 16°
94%
बुध
25 °C
बिहि
25 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ