Ad imageAd image

पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा  । पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरी भागेका पोखरा १७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

खुँडा प्रहारबाट घाइते भएका बराललाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा उनी उपचारपछि घर फर्किएको पनि प्रहरीले बताएको छ ।

पक्राउ परेका ठकुरीविरुद्ध जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
overcast clouds
20° _ 20°
96%
शुक्र
25 °C
शनि
25 °C
आइत
25 °C
सोम
24 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ