Ad imageAd image

जनकपुरबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । जनकपुरबाट करिब ५ क्वीन्टल लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासबाट खटेको टोलीले जनकपुर–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत करिब ४ क्वीन्टल ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

शुक्रबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सँजीप कुमार यादवको कमाण्डमा गएको टोली, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, प्रहरी चौकी लक्ष्मिनियाको टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

ढल्केबरतर्फबाट जनकपुरतर्फ आउदै गरेको मधेश प्रदेश–०३–००२ ख २५२० नम्बरको निलो रंगको आयसर मिनि ट्रकलाई धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं.७ लक्ष्मिनिया चौक स्थित ढल्केबर–जनकपुर सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा भेटिएको हो ।

- Advertisement -
Ad imageAd image

मिनिट्रकको माथिल्लो भागमा डोरी बाधी सोहि डोरी माथी रातो प्लास्टिक भित्र खैरो डोरीले बाधी लुकाई छिपाई राखी ल्याउँदै गरेको अबैध लागुऔषध गाजाँ ३४ पोका बरामद गरिएको जनाइएको छ ।

गाँजा, मिनि ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ बस्ने बुद्धि बहादुर सिन्तानको छोरा अं बर्ष २५ को संजिव सिन्तान सहित मिनिट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको जनाईएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
77%
3 km/h
बिहि
23 °C
शुक्र
24 °C
शनि
23 °C
आइत
25 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ