Ad imageAd image

वाकीटकी प्रयोगमा कडाइ गरिएको हो, प्रतिबन्ध लगाइएको छैन् : सूचना विभाग

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी प्रयोगमा कडाइ गरेको तर प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ ।


वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिएको विभागका इलेक्ट्रोनिक इन्जिनियर भरत दानकोटीले बताए ।
‘हामीले वाकीटकीमा प्रतिवन्ध लगाउन खोजेको भन्ने सन्देश बाहिर गएछ । त्यसो गर्न खोजिएको होइन् । विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरूमार्फत् विज्ञापन समेत गरी बेचबिखन भइरहेको जानकारी आएपछि त्यसलाई नियन्त्रण गर्न खोजेका हौं,’ उनले भने ।


वाकीटकीलगायतका रेडियो यन्त्रहरू अवैधानिक रूपमा लाइसेन्स नलिई बजारमा तथा अनलाइन माध्यमबाट बिक्री वितरण तथा प्रयोग भइरहेको पाइएपछि रोक्ने प्रयास गरिएको उनले बताए ।


नेपालमा वाकीटकीलगायतका रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने रेडियो यन्त्रहरूको आयात गर्न, बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो (सञ्चार)लाइसेन्स नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image


फ्रिक्वेन्सी इजाजतका लागि भने विभागले सम्पूर्ण कागजात संकलन गरी मन्त्रालयलाई सिफारिस गर्ने गर्ने गरेको उनले बताए । तर लाइसेन्स अनुमति नलिई वाकीटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न सबैलाई सचेत गराएको जानकारी दिए ।


सामान्यतया सुरक्षा, आपत्कालीन सेवा र व्यावसायिक प्रयोजनका लागि वाकीटकी प्रयोग हुने गरेको इन्जिनियर दानकोटीले जानकारी दिए । विकट स्थानहरुमा वाकीटकी संचारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।
पर्वतारोहण, सुरक्षा र जलविद्युत् आयोजना क्षेत्रमा यो संचार उपकरण निकै लोकप्रिय र प्रभावकारी छ । तर अनुमति लिने प्रक्रिया झन्झटिलो भएको प्रयोगकर्ताहरुको गुनासो छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
moderate rain
25° _ 25°
81%
2 km/h
शुक्र
25 °C
शनि
26 °C
आइत
25 °C
सोम
24 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ