Ad imageAd image

गैरआवासीय नेपाली संघ (NRNA) थाइल्याण्डको संयोजकमा सञ्जय ढकाल नियुक्त

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, चैत ११, २०८१ – सर्वोच्च अदालतको निर्देशनमा गठन गरिएको गैरआवासीय नेपाली संघ (NRNA) को उच्चस्तरीय समितिले थाइल्याण्ड निवासी सञ्जय ढकाललाई संयोजक पदमा नियुक्त गरेको छ।

NRNA को १०औं महाधिवेशनका सन्दर्भमा सर्वोच्च अदालतमा परेको रिट नं. ०७९-WO-१५०५ को सुनुवाईपश्चात मिति २०८०/१२/११ मा जारी आदेशअनुसार समितिको ५औं बैठक बसेको थियो। उक्त बैठकले एकता, उद्देश्य र प्रभावकारीताको लागि थाइल्याण्डमा रहेका गैरआवासीय नेपालीहरूको समन्वय र सदस्यता वितरणको जिम्मेवारी ढकाललाई सुम्पिएको हो।

समितिले वैशाख २०–२२ गते (तदनुसार मे ३–५, २०२५) मा हुने एकतापूर्ण महाधिवेशन तथा निर्वाचनको तयारी स्वरूप आवश्यक व्यवस्थापन र प्रतिनिधित्व सुनिश्चित गर्न यो निर्णय गरेको हो। यसै क्रममा थाइल्याण्डमा रहेका नेपालीहरूलाई एकीकृत गर्दै सदस्यता वितरण र समन्वयको लागि संयोजकको जिम्मेवारी दिइएको बताइएको छ।

समितिकी सदस्य सचिव जानकी गुरुले औपचारिक पत्रमार्फत ढकाललाई नियुक्तिको जानकारी गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।

- Advertisement -
Ad imageAd image
सेयर: 92
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
88%
3 km/h
मंगल
25 °C
बुध
27 °C
बिहि
23 °C
शुक्र
20 °C
शनि
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ