Ad imageAd image

एनआरएनए थाइल्याण्डमा संयोजक समिति गठन, अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा तीव्रता

थाइल्याण्ड नेपाल डटकम

बैंकक – गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड अन्तर्गत नवगठित संयोजक समितिको पहिलो औपचारिक बैठक मार्च २०, २०२५ मा Zoom माध्यमबाट सम्पन्न भएको छ। बैठकमा समितिका पदाधिकारीहरू र प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकमा संगठनको आगामी गतिविधिहरू, अन्तर्राष्ट्रिय महाधिवेशन (मे ३–५, २०२५) को तयारी, र नेतृत्व सशक्त बनाउने विषयमा गहन छलफल भएको थियो। बैठकको सुरुआतमा डा. शेष घलेसँग मार्च १४ मा सम्पन्न भेटघाटको समिक्षा गरियो। उक्त भेटमा डा. घलेले थाइल्याण्डमा अन्तर्राष्ट्रिय महाधिवेशन केन्द्रित कार्यक्रमहरूमा प्राथमिकता दिई स्पष्ट कार्ययोजना अघि बढाउन सुझाव दिएका थिए, जसलाई बैठकले सकारात्मक रूपमा ग्रहण गरेको छ।

अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन बैठकले सदस्यता दर्ता अभियानलाई तीव्र बनाउने, मार्च ३१ सम्म सदस्यता सुनिश्चित गर्ने, सूचना प्रवाहलाई नियमित र प्रभावशाली बनाउने तथा सम्पर्क र सहकार्य विस्तारमा जोड दिने निर्णय गरेको छ।

थाइल्याण्डमा एनआरएनए को नेतृत्व बलियो बनाउँदै आगामी कार्ययोजनाहरूलाई व्यवस्थित रूपमा अघि बढाउन बैठकले सञ्जय ढकालको संयोजकत्वमा नयाँ संयोजक समिति गठन गरेको छ। समितिमा उप–संयोजक महेन्द्र श्रेष्ठ, सचिवहरू सुरज भण्डारी र लोकेन्द्र ओली, र सदस्यहरू अक्कल थापा, दिनेश बुढाथोकी तथा राजु बलामी रहेका छन्।

- Advertisement -
Ad imageAd image

बैठकमा समितिका पदाधिकारीहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समन्वयलाई मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए। नवगठित समितिले महाधिवेशनमा थाइल्याण्डको सक्रिय र प्रभावकारी सहभागिता सुनिश्चित गर्न व्यापक तयारी अघि बढाउने बताएको छ।

बैठक दिउँसो १२:०० बजे सुरु भई १:०५ बजे सम्पन्न भएको थियो।

सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
82%
सोम
27 °C
मंगल
27 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ