Ad imageAd image

थाइल्याण्डमा आदर्श दिव्य दर्पणको पाँचौँ शृङ्खला सम्पन्न, बालसाहित्य विशेष कार्यक्रमले बाल प्रतिभालाई उजागर गर्‍यो

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड — साहित्य मन थाइल्याण्डको आयोजनामा ‘आदर्श दिव्य दर्पण’ शृङ्खलाको पाँचौँ संस्करण आइतबार भर्चुअल माध्यमबाट भव्य रूपमा सम्पन्न भयो। विश्व बाल दिवसको अवसर पारेर आयोजित यस विशेष कार्यक्रममा ‘बालसाहित्य विशेष’ शीर्षकअन्तर्गत नेपाल र थाइल्याण्डका बालबालिकाहरूले कविता वाचनमार्फत आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गरे।

कार्यक्रम दुई चरणमा सम्पन्न भयो। पहिलो चरणमा नेपालबाट सहभागी बालकविहरूले आफ्नै मौलिक रचना प्रस्तुत गरे। अदिति के.सी.ले ‘जाउँ कहाँ ?’ र ‘मेरो देश’, अनुभूति बुढामगरले ‘मन छ’ र ‘कसले के गर्छ’, विनु चौधरीले ‘आजको वास्तविकता’ र ‘मेरो सपना’, मेधावी बुढाथोकीले ‘आमा’ र ‘मेरो चाहनाको म’, तथा मिना चलाउनेले ‘छोरीको न्याय’ कविता सुनाए। यी कविताहरूले बालबालिकाको दृष्टिकोणबाट समाज, देश, परिवार र आत्मचिन्तनको विविध आयाम उजागर गरे।

दोस्रो चरणमा थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली बालबालिकाहरूले आफूलाई मन परेका कविहरूका कविता वाचन गरे। अनमोल बरालले ‘निस्पट्ट छन् किन’, फूलप्रसाद ओझाले ‘सधैँ अघि सरौँ’, ज्योति पोख्रेलले ‘किन मुख टालेको’, ललिता सुवेदीले ‘मातृभाषा’, राज निरौलाले ‘मैले नचिनेको म’, मिना पोख्रेलले ‘विद्यार्थीको रहर’, योगेन्द्र पोयेकरले ‘आमाको सपना’, खुशी बरालले ‘तिम्रो पो देश छ’ र भीमलाल खनालले ‘कालो कोख’ कविता प्रस्तुत गरे। यी कविताहरूले बालबालिकाको भावनात्मक गहिराइ, सामाजिक चेतना र भाषिक अभिव्यक्तिको सशक्त झल्को दिएका थिए।

कार्यक्रमको प्रमुख आतिथ्य बालसाहित्यकार प्रभा आचार्य भट्टराईले ग्रहण गर्नुभयो। उहाँले मन्तव्यसहित आफ्ना कविता पनि प्रस्तुत गर्दै बालसाहित्यको महत्व र प्रभावबारे विचार व्यक्त गर्नुभयो। विशेष अतिथिका रूपमा सहभागी तुमला ढुङ्गानाले पनि कविता वाचन गर्दै बालबालिकाको सिर्जनात्मक विकासमा साहित्यको भूमिका उल्लेख गर्नुभयो।

- Advertisement -
Ad imageAd image

यस कार्यक्रम साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव दीपा रानाले कार्यक्रमको सञ्चालन गरेकि थिइन् । कार्यक्रमले बालबालिकाको साहित्यिक अभिव्यक्तिलाई प्रोत्साहन गर्दै अन्तरदेशीय सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य पूरा गरेको आयोजक संस्थाले जनाएको छ।

सेयर: 34
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
broken clouds
29° _ 29°
39%
2 km/h
बुध
28 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ