लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो: उपराष्ट्रपति यादव

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ,  उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गर्नुभएको छ ।  

उपराष्ट्रपति यादवले मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ मा मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसको  स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ  

उहाँले मुलुकमा प्रजातन्त्र स्थापनार्थ विभिन्न कालखण्डमा भएका जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजातिलगायत समुदायले गरेका आन्दोलनमा आफ्नो ज्यानको आहूति दिने सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै  लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध  प्रजातन्त्रका सम्पूर्ण सेनानीहरूको सन्देशमा स्मरण गर्नुभएको छ । 

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ