जेलभित्र ध्यान

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौँ — नख्खु कारागार परिसरमा तयार भएको नख्खु विपश्यना केन्द्र ‘धम्माशय’ मंगलबारदेखि नियमित १० दिने विपश्यना ध्यान हुने भएको छ । यसअघि नेपालका विभिन्न जेलहरुमा ११ वटा जेल शिविर भए पनि केन्द्र नै स्थापना गरी व्यवस्थित रुपमा पहिलो पटक ध्यान शिविर सुरु हुन लागेको हो।


उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिलापत्र अनावरण गर्दै केन्द्रको उद्घाटन गर्नुभयो । सो अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै श्रेष्ठले जेल सुधार अभियान अन्तर्गत जेलभित्र विपश्यना गर्ने व्यवस्थित प्रयास सुरु भएको बताउनुभयो ।

ध्यान शिविरमा बस्न लागेका ४५ जना कैदीबन्दीलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘तपाईँहरुले जीवनको कुनै कालखण्डमा कसुर गरेर यहाँ आउनु भयो होला। तर एकचोटी कसुर गर्दैमा जीवन सकिन्न।’ सुरुमा उपत्यकाका विभिन्न कारागारका कैदीबन्दी र त्यसपछि विभिन्न जिल्लाका इच्छुक कैदीबन्दीलाई पनि ल्याएर यस केन्द्रमा ध्यान गराउने योजना रहेको बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
100%
सोम
21 °C
मंगल
24 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ