सर्वोच्चको परमादेशः ‘भीभीआईपी’को सवारीका नाममा सडकमा अवरोध नगरौं

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। सर्वोच्च अदालतले ‘भीभीआईपी’को सवारीका नाममा सडकमा अवरोध नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

अधिवक्ता ज्ञानेश्वर कोइरालाले दायर गरेको रिटमा सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता कोइरालाले ६ वर्षअघि दायर गरेको रिटमाथि मङ्गलवार न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्माको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्तासमेत रहेका सह–रजिष्ट्रार वेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिवक्ता कोइरालाले २०७४ माघ १९ गते रिट दायर गर्नुभएको थियो । यो परमादेशसँगै अब विशिष्ट व्यक्तिको सवारीका क्रममा सर्वसाधारणलाई हिँडडुल गर्ने काममा अवरोध गर्न रोक लगाउन नपाइने भएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
68%
3 km/h
मंगल
22 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
शनि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ