काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले बालकुमारी घटनाको छानविन समितिले मन्त्रीको प्रत्यक्ष संलग्नता रहेको भन्ने विवरण बुझाएको भन्दै तत्काल बर्खास्तीको माग गरेको छ ।
युनियनले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि तोडफोड हुदा प्रहरी कारबाहीमा दुई जना युवाहरुको मृत्युभएको विषयमा तत्काल कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
विद्यार्थी संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालदेखि सडक आन्दोलनसम्मका कार्यक्रम रहेको जानकारी दिनुभयो । सरकारलाई मन्त्रीको बर्खास्तीकालागि दवाव दिन आन्दोलनको घोषणा गरिएको अध्यक्ष बडालको भनाई छ ।

