क्यानडा पठाइदिन्छु भन्दै २० लाख ठगी गरेको अभियोगमा झापाका बलराम भट्टराई पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, क्यानडा पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेको अभियोगमा झापा हल्दिबारी गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ कपन बस्ने ४० वर्षीय बलराम भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

भट्टराईले १ जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाई प्रतिष्ठित होटलमा मासिक ४ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
60%
4 km/h
शुक्र
20 °C
शनि
30 °C
आइत
27 °C
सोम
28 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ