थाइल्याण्ड । म्यानमारमा अवैध कल सेन्टर संचालन गरेको अभियोगमा १४८ जना थाइ नागरिक पक्राउ परेका छन् । बिहिबार त्यहाँको प्रहरीले कल सेन्टरमा छापा मारेको थियो ।
त्यहाँको एक होटलको पछाडि अवस्थित तीनवटा संदिग्ध अवैध कल सेन्टरहरूमा छापा मार्दा एक चिनियाँ नागरिक, ५४० म्यानमारका नागरिक सहित १४८ थाई नागरिक गरि करिब ७०० जनालाई हिरासतमा लिइएको अधिकारीहरुले जनाएका छन् । प्रहरीले सो क्षेत्रबाट कम्प्युटर, आठवटा अटोमोबाइल र १२० वटा मोटरसाइकल पनि बरामद गरेको छ ।
पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकहरू पछिल्लो समय आपराधिक क्रियाकलापमा जोडिएको भन्दै थाइ प्रशासनले कडा निगरानी बढाउने समाचार एजेन्सीहरुले जनाएका छन् । गत वर्ष करिब ४१ हजार संदिग्ध चीनलाई सुम्पिएको समाचारहरुमा उल्लेख छ ।

