यादवले राजीनामा फिर्ता लिए

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो राजीनामा फिर्ता लिनुभएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट भएर उहाँले राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएपछि पार्टीका कार्यकारिणी सदस्य एवं लुम्बिनी प्रदेशका इन्चार्ज राजकिशोर यादव विवाद समाधानका लागि भैरहवा पुग्नुभएको थियो ।

इन्चार्ज राजकिशोर यादवको उपस्थितिमा लुम्बिनी प्रदेश कमिटीको कार्यकारिणी बैठक बसेको थियो । सो बैठकमा इन्चार्ज यादवले पार्टीका कुनै पनि निर्णय प्रदेश तथा जिल्ला कमिटीको समन्वयमा हुने प्रतिबद्धता जनाएपछि अध्यक्ष अशोक यादवले राजीनामा फिर्ता लिनुभएको हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
56%
1 km/h
बिहि
29 °C
शुक्र
30 °C
शनि
30 °C
आइत
28 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ