थाइल्याण्डमा साथीको हत्या अभियोगमा एक महिला पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइल्याण्डमा साथीको हत्या अभियोगमा एक महिला पक्राउ परेकी छन् । खोन केनःवाएङ नोई जिल्लाको फोहोरको थुप्रोमा फेला परेको जलेको मानव कंकालको सम्बन्धमा फेब्रुअरी १७ मा एक महिलालाई पक्राउ गरिएको थियो । खोन केन प्रान्तीय प्रहरी नायब कमाण्डर पोल कर्नल प्रिचा केंगसारिकिजले आइतबार जलेको कंकाल समुत प्राकानको बाङ्फ्ली जिल्लाका ४७ वर्षीय बेन्यापा पानापनप्रपाको रहेको जानकारी दिएकी छन् ।

सात वर्षदेखि उनीसँगै बसेको प्रहरीको भनाई छ । एक महिला साथी बेपत्ता भएको थाहा पाएपछि अनुसन्धानकर्ताले पैजितलाई सोधपुछका लागि बोलाएका थिए ।

पाईजितले प्रहरीलाई उनको साथी फेब्रुअरी १२ मा समुत प्राकानस्थित बेन्यापाको घरमा गएको र सँगै खाना खाएपछि बेन्यापालाई केहि असहज भएको बताएकी छन् । उनलाई उपचारकालागि लैजाने प्रयास भएपनि उनको मृत्युभएको प्रहरी सामु बयान दिएको बताइएको छ ।

प्रहरीले घटना स्थलबाट कारको टायर फेला पारेको छ, भने उनिहरुले शव जलाउन वाङ नोई–चैयाफुम सडकमा रहेको पेट्रोल पम्पबाट सय भाटमा पेट्रोल किनेको प्रहरीले जनाएको छ । शवलाई फोहोरको थुप्रोमा लगेर जनाएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । प्रहरीले उनिमाथि अनुसन्धान गरिरहेको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
1 km/h
बुध
26 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ