राष्ट्रिय सरोकार समिति बैठकमा प्रधानमन्त्री दाहाल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो ।

बुधबार सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे पुनः बैठक बोलाइएको छ । आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ ।

विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको कार्यान्वयनको अवस्था साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूमा छलफल गर्न प्रधानमन्त्री दाहाललाई बोलाइएको र बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
58%
3 km/h
बिहि
26 °C
शुक्र
24 °C
शनि
14 °C
आइत
19 °C
सोम
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ