गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गर्नुभएको हो ।

असोज १२ गतेदेखि अधिवेशन अन्त्य भएको थियो । करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो ।अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुनेछ ।

यस्तै, एउटा विधेयक सरकारले संसद्मा ‘टेबुल’ गर्ने छ । आमसञ्चार विधेयक र बिउ विजन सम्बन्धी विधेयक समितिमा दफावार छलफल भैसकेको छ ।

प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको ३ दिन पूरा भइसकेकोले संसद्मा पेस गर्ने तयारी छ । यस्तै, मङ्गलवार सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
39%
2 km/h
बुध
18 °C
बिहि
26 °C
शुक्र
24 °C
शनि
14 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ