राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने, उपमहासचिव जनार्दन शर्माको फरक मत(पुर्णपाठ सहित)

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ — नेकपा माओवादी केन्द्रको स्थायीय समिति बैठकमा मतभेद देखिएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय भएपछि केहि नेताहरुले विमत्ती जनाएका छन् ।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । गठबन्धन दल कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिरहेको बेला माओवादी आफैंले उम्मेदवारी दिने निर्णय गरेको हो ।

माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ । यसैबीच, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरुको विभाजनप्रति असन्तुष्टि जनाउँदै फरक मत राख्नुभएको छ । बुधबारको स्थायी कमिटी बैठकमा उनले लिखितरुपमै फरक मत राख्नु भएको हो ।

विधान अधिवेशन लगत्तै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु र पारित विषयलाई वेवास्था गरी विधि विहिनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा भएको भन्दै शर्माले फरक मतमा राख्नुभएको हो । विधान अधिवेशनबाट पारित भएका निर्णयहरु सम्पादन गरी तुरुन्त कार्यान्वय गर्नुपर्ने उहाँको माग थियो ।

कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरुमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत वेवास्था गरी विधि विपरित आफ्नो अनुकूलतामा निर्णय गरिएको उहाँको भनाइ छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
28%
4 km/h
बुध
23 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
12 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ